निर्जीवन बीमा
सम्पत्ति वा दायित्वको सम्बन्धमा कुनै खास रकम तिरेमा बीमालेख बमोजिम क्षतिपूर्ति पाउने करार गरी गरिने बीमा व्यवसाय संझनु पर्छ ।
अथवा ‘‘निर्जीवन बीमा’’ भन्नाले जीवन बीमा व्यवसाय बाहेक अन्य बीमा व्यवसाय सम्झनु पर्छ ।
निर्जीवन वीमा व्यावसायले बस्तुको वीमा गर्दछ र त्यसको सम्भावितआर्थिक जोखिम वीमा अवधी भएसम्म ग्रहण गर्दछ ।
वीमा अवधी सकिए पछि वीमा गरे वापत तिरेको वीमा शुल्क वा कुनै पनि किसिमको रकम फिर्ता गर्दैन ।
निर्जीवन वीमाले सम्पत्ति, सवारी साधन, धनमाल, दुर्घटना नोक्सानी तथा औषधोपचार सम्बन्धी वीमा व्यावसाय गर्दछ ।
नेपालमा निर्जीवन वीमा गर्ने कम्पनी १९ वटा छन ।
