जीवन बीमा
जीवन बीमा व्यवसाय भन्नाले कुनै व्यक्तिको जीवन संबन्धमा निजको आयुको आधारमा किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार संबन्धी व्यवसाय संझनु पर्छ ।
जीवन वीमा एकातिर भविष्यको लागि बचत गर्नुको साथै भरपर्दो लगानी हो भने अर्कोतिर कुनै पनि व्याक्तिको मृत्यु भएमा आइपर्ने सम्भावित आर्थिक दुर्घटनाबाट बच्नको लागि जोखिम हस्तान्तरण गरिने व्यावसाय हो ।
नेपालमा हाल १९ वटा जीवन वीमा कम्पनीहरु छन् ।
