Insurance Education

Insurance education is very important Insurance turn accumulated capital into productive investments. Insurance also enables mitigation of losses, financial stability and promotes trade and commerce activities those results into sustainable economic growth and development. Thus, insurance plays a crucial role in the sustainable growth of an economy.

Insurance Education
  • मुख्य पृष्ठ
  • हाम्रो बारेमा
    • परिचय
    • बीमा शिक्षा
  • बीमाका प्रकार
    • जीवन बीमा
    • निर्जिवन बीमा
    • पुर्नबीमा
  • जीवन बीमा योजना
    • सावधिक बीमा
    • आजीवन बीमा
    • अग्रिम भुक्तानी बीमा
    • म्यादी बीमा
  • तालिम सामाग्री
    • आधारभुत अभिकर्ता तालिम
    • एडभान्स सेलिङ्ग तालिम

Life Insurance

Non-Life

Contact


 इन्स्योरेन्स शिक्षा :

तपाईं र तपाईंको परिवारले सुरक्षा र मानसिक शान्तिको सन्दर्भमा जीवन बीमा गर्दा धेरै लाभ उठाउन सक्नुहुन्छ। जीवन बीमाबाट प्राप्त हुने रकम ऋण चुक्ता गर्न, बालबच्चाको शिक्षादिक्षा खर्च, अन्त्येष्टि खर्च व्यहोर्न मद्दत गर्छ । यो बाहेक अकाल मृत्यु भएको अवस्थामा परिवारजनलाई ठूलो आर्थिक टेवा समेत प्रदान गर्छ ।

जीवन बीमा जीवनको कुन उमेरमा गर्ने भन्ने दोधार हुनु स्वाभाविक हो । तर जति कम उमेरमा जीवन बीमा गर्न सकिन्छ, यसबाट प्राप्त हुने प्रतिफल उत्तिनै बढी हुन्छ र बीमाशुल्कवापत तिर्नुपर्ने रकम सस्तो पर्छ ।

तपाईको पेशा व्यवसाय वा सौखको कारणले तपाईले जीवन बीमा आवश्यक पर्ने केही खास अवस्थाहरु हुन सक्छ ।

१) व्यापार व्यवसाय संचालनमा:

तपाईले सम्पत्ति धितो राखेर वा नराखेरै उद्योग व्यापारमा लगानी गर्नु भएको छ भने भविष्यमा आई पर्न सक्ने अप्रत्याशित अवस्थालाई सामना गर्न वा परिवारजनलाई टुट्न नदिनको लागी जीवन बीमा अत्यन्तै जरुरी हुन्छ ।

तपाईको निधनपछि केही समयमको लागी तपाईको व्यापार बन्द रहन सक्छ । व्यापार कस्ले सम्हाल्ने, कहाँबाट शुरु गर्ने भन्नेबारेमा परिवारजनमा अन्यौलताको अवस्था हुनसक्छ । यस्तो अवस्थामा बीमाबाट प्राप्त हुने रकमले परिवारलाई धेरै हदसम्म आत्मबल बलियो बनाउन मद्दत गर्छ ।

जीवन बीमामा दुर्घटना मृत्यु लाभ सहितको सुविधा रोजेको अवस्थामा परिवारजनले बीमांकको दोब्बर रकम भुक्तानी पाउनेछन् । उदाहरणको लागी तपाईले ५० लाख रुपैयाँ बीमांकको जीवन बीमा गर्नुभएको छ र दुर्घटनाका कारण अकाल मृत्यु भएको अवस्थामा परिवारजनलाई बीमा कम्पनीले एक करोड रुपैयाँ दाबी भुक्तानी दिनेछ ।


२) तपाईमाथि आर्थिकरुपमा निर्भर हुनेहरुको लागीः
तपाई परिवारको लागी आयको मुख्य श्रोत व्यक्तिको रुपमा भूमिका निर्वाह गरिरहनु भएको छ भने तपाईमाथि आइपर्न सक्ने वित्तीय संकट वा तपाईको अकाल मृत्युले परिवारजनको समेत बिजोगपूर्ण अवस्था हुन सक्छ ।

तपाईको आमाबाबु, श्रीमति वा श्रीमान, छोराछोरीको भरणपोषण तपाईमाथि नै निर्भर छ भने तपाईले जीवन बीमाको सहायता लिन ढिलो गर्नुहुँदैन । उनीहरुको जीवनस्तर राम्रो बनाउन र तपाई नरहँदा समेत जीवनयापन सहजरुपमा चल्ने अवस्था सुनिश्चित गर्नको लागी जीवन बीमा जरुरी हुन्छ ।

तपाई भर्खरै विवाहित हुनुहुन्छ भने पनि जीवन साथीको आर्थिक सुरक्षाको लागी दम्पत्तिकै जीवन बीमा गर्नु उपयुक्त हुनेछ । जसले गर्दा तपाई एक अर्काको अनुपस्थितिमा पनि जीवन साथीलाई बाँच्न सहज हुनेछ । बालबच्चा छन् भने उनीहरुको शिक्षा दिक्षाको सुनिश्चितताको लागी बालबालिका जीवन बीमा गर्नुभएमा जिम्मेवार अभिभावकको भूमिका निर्वाह गर्न तपाईलाई सहज हुनेछ ।


३) रोमाञ्चक खेलकुदमा सहभागीता :
तपाई रोमाञ्चपूर्ण खेलकुदमा सहभागी हुन मन पराउनु हुन्छ भने तपाईको लागी जीवन बीमा अत्यन्तै जरुरी हुन्छ । प्याराग्लाइडिङ, बन्जी जम्पिङ, प्यारासुट, जंगली शिकार, लामो दूरीमा आफैंले सवारी हाँकेर यात्रा गर्ने, पर्वतारोहण गर्ने लगायतको कुनै पनि शौख छ भने तपाईले जीवन बीमा गर्नु बुद्धिमानीपूर्ण निर्णय हुनेछ । किनभने यी गतिविधिमा तपाईले जतिसुकै सावधानी अपनाए पनि दुर्घटनाको संभावना जीवितै रहनेछ ।


४) जोखिमपूर्ण पेशाः
तपाई जोखिमपूर्ण पेशा जस्तै चालक, पाइलट, सुरक्षाकर्मी, औद्योगिक मेशिन अपरेटर, डोजर अपरेटर, चिकित्सालगायतको जोखिमपूर्ण पेशामा संलग्न रहनु भएको छ भने जीवन बीमा झनै आवश्यक हुन्छ । यो पेशाहरुमा थोरै पनि लापरवाही, प्राविधिक कारण वा बाह्य कारणले अनाहकमै ज्यान गुमाउनुपर्ने अवस्था हुनसक्छ । तपाईको अप्रत्याशित मृत्यु भएपछि तपाईमाथि नै निर्भर श्रीमान वा श्रीमति, छोराछोरीको बाँकी भविष्य के हुने रु पर्याप्त सम्पत्ति वा नगदको अभावमा उनीहरुको बाँकी जीवनको पालनपोषण, शिक्षा दीक्षा, औषधोपचार, सामाजिक व्यवहार सबै ठप्प हुन सक्छ । त्यसैले जीवन बीमा गर्दा तपाईले आफू नरहँदाको अवस्थामा पनि उनीहरुको जीवनलाई सहज बनाउनको लागी कति रकम आवश्यक पर्न सक्ला भन्ने पक्षमा ध्यान दिएर पर्याप्त रकमको बीमा गर्नु उपयुक्त हुन्छ ।

 बीमा भनेको जोखिमको हस्तान्तरण हो । अझ त्यसमा पनि आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी बीमा हो । बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति तथा कम्पनी) बीच सम्झौता हुन्छ ।

नेपालमा अहिले पनि अधिकांश नागरिक बीमाको दायरामा आउन नसकेका छैेन् । बीमा सम्बन्धी ज्ञानको कमिले आमनागरिकहरु बीमाको पहुँचमा आउनु नसकेको बीमा कम्पनीहरु र स्वयं नियामक निकाय बीमा समितिले पनि स्वीकार गरिसकेको छ ।

बीमा कम्पनीहरुको नियामक निकाय भएकाले बीमा समितिले बीमाको पहुँच विस्तारका लागि बेलाबखतमा यससम्बन्धी प्रचारप्रसार गर्दै आएको भएपनि प्रभावकारी हुन सकेको छैन् । जसका कारण ९० प्रतिशतभन्दा बढी जनता अहिले पनि बीमाको पहुँचमा छैनन् । कुल जनसंख्याको करिब १० प्रतिशतले बीमा गरेको भएपनि त्यो पनि अन्डर इन्स्योरेन्स हुने गरेको बीमा कम्पनीहरुको बुझाई छ ।

विगतका वर्षहरुको तुलनामा बीमा सम्बन्धी केही मात्रामा जानकारी मुलक काम हुने गरेको भएपनि पर्याप्त चेतना फैलाउन नसकेकै कारण पनि आम नागरिक बीमाको दायरामा आउन सकिरहेका छैनन ।


अभिकर्तामा नै निर्भर जीवन बीमा

अहिले बीमा गर्न आउनेहरु धेरैजसो अभिकर्ताको माध्यमबाट आउने गरेका छन् । त्यसमा पनि जीवन बीमाको त शत प्रतिशत नै अभिकर्ताबाट हुने युनियन लाईफका प्रमुख कार्यकारी अधिकृत मनोज कुमा लाल कर्णले बताएका छन् । उनले सिधै कार्यालयमा आएर जीवन बीमा गर्ने भेटिनै मुस्किल परेको बताए ।


प्रोडक्टबारे जानकार छैनन नागरिक

यसका साथै बीमा कम्पनीहरुले आफ्ना प्रोडक्टहरुबारे समेत राम्रोसँग नागरिकलाई बुझाउन नसकेको अवस्था छ । एकातिर बीमा बीमा अभिकर्ताको योग्यतबारे पनि प्रश्न उठीरहँदा अभिकर्ताले नै बीमा पोलिसीबारे राम्ररी बुझाउन नसकेको बताईन्छ । बीमा शिक्षा बुझाउन र कम्पनीको नयाँ पोलीसी, सेवा, सुविधा बारे बुझाउन बीमा अभिकर्ताको भूमिका महत्वपूर्ण हुन्छ ।


किन आवश्यक छ जीवन बीमा ?

वित्तीय योजना तर्जुमाका लागि जीवन बीमा अत्यन्तै आवश्यक छ । आफ्ना बालबच्चाको र आफ्नो सुरक्षित भविष्यका लागि बीमाको आवश्यकता पर्दछ । वर्तमानमा गरेको निर्णयले भविष्य सुरक्षित बन्छ । बचतले मात्रै फाइनानसीयल प्लानिङ गर्दैन । बीमा यस्तो चिज हो जसले बचत पनि गर्छ र जोखिम पनि कभर गर्दछ ।

भविष्यको सुरक्षाका लागि जीवन बीमाको अपरिहार्य नै छ । आज तपाईले गरेको बीमाले भोली तपाई र तपाईको परिवार सुखमय रहन मद्दत पुग्छ । बीमाको अथाह छन् । आज एउटा व्यक्तिले आफ्नो बीमा ग¥यो भने भोली उ कतै दुर्घटना पर्न सक्छ । हो त्यतिबेला उसलाई उपचार खर्चको अभाव हुन पाउदैन । त्यो जोखिम बीमा कम्पनीले लिएको हुन्छ । अर्को कुरा बीमा गर्नेको व्यक्तिको मृत्यु पनि हुन सक्छ । त्यसबेला उसको परिवारले आर्थिक अभावको समस्या झेल्नु पर्दैन ।

बीमा दावी वापत आएको भुक्तानीले बीमित व्यक्तिको मृत्यु भए पनि उसको परिवारलाई धेरै राहत हुन्छ । त्यस्तै बच्चाको बीमा गर्ने हो भनेपछि त्यो बच्चालाई उच्च शिक्षा अध्ययन गराउनका लागि अविभावकलाई धेरै राहत पुग्छ । यता, केही कारण बीमा गरेको अभिभावकको कुनै कारणवश मृत्यु भएमा प्रिमियम नबझाएपनि बीमालेख जारी रहन्छ र बच्चाको जोखिम पनि कभर हुन्छ ।


बीमा गर्दा बचत हुन्छ, आवश्यक पर्दा कर्जा पाइन्छ ।

बीमा गर्दा बचत हुन्छ, आवश्यक पर्दा कर्जा पाइन्छ । त्यस्तै कम्पनीले जोखिम पनि बहन गर्दछ । बैंकले बचत गर्छ र बचतको ब्याज दिन्छ । यसका साथै बैंकले कर्जा परिचालन पनि गर्ने गर्दछ । तर, बीमा गर्दा बीमितको जोखिम पनि कभर हुन्छ । त्यसैगरी बीमा गर्दा रकम बचत हुन्छ । भने बीमालेखलाई धितो राखेर कर्जा पनि लिन सकिन्छ । यसर्थ जीवन बीमा भविष्यको सुरक्षाका लागि निकै महत्वपूर्ण छ ।

बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो ।मानविय समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावनाहरु जहि तहि सल्बलाई रहेका हुन्छन् । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हुन् सक्छ । अथवा दुर्घना अनिश्चित हुन्छ ।


अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्न उपयुक्त माध्यम भनेको बीमा हो । अनिश्चित जोखिम, दुघर्टनाले ग्रसित भएका व्यक्ति वा संस्थाले आफ्नो जोखिम अनुरुप निश्चित बीमा शुल्क बुझाई घटना भएमा क्षतिपूर्ति प्राप्त गर्ने शर्त सहित बीमा योजना खरिद गर्न सक्छन् ।बीमा दुई पक्ष बीचमा हुने लिखित सम्झौता पनि हो । बीमा गर्दा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा गरिने सम्झौता हो । यस प्रक्रियामा बीमितको जोखिमको क्षतिपूर्तिको भार बीमाको माध्यमबाट बीमकमा हस्तान्तरण गरिन्छ ।

बीमा निश्चित अवधिका लागी गरिन्छ । उक्त अवधिमा विमितको क्षति भएको कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्छन् । बीमा गर्ने प्रक्रियाको प्रारम्भ बीमाको प्रस्ताव फारम तथा व्यक्तिगत स्वास्थ्य सम्बन्धि विवरणबाट हुन्छ । यस्ता फारमहरु सम्बन्धित बिमा कम्पनिहरुबाट लिनुपर्छ । ती फारमहरु बीमा गर्ने व्यक्ति स्वमले बिमा अभिकर्ता मार्फत पेस गर्न सक्नेछन् । यसरी बीमितले भरेको फारमको प्रस्तावलाई स्वीकार गर्ने नगर्ने भन्ने कुरा बीमक मै भर पर्दछ । यदि बीमितको प्रस्ताव स्वीकार भएमा पहिलो किस्ता बीमा शुल्क भुक्तानी गरेपछि बीमा प्रक्रिया प्रारम्भ हुन्छ । बीमा सम्वन्धि शर्त, सुविधा सहितका सम्पूर्ण कागजातहरु बीमा कम्पनीले बीमितलाई बिमा स्वीकार भए पछि प्रदान गर्दछ । यसलाई बिमालेख भनिन्छ ।
बीमा दुई प्रकारका हुन्छन् ।

१.जीवन बिमा

मानिसको जीवन सँग सम्बिन्धित जोखिमको बिरुद्ध गरिने बीमालाई जीवन बिमा भनिन्छ । जीवन बीमाले विपत्ति परेको खण्डमा आर्थिक रुपले सुरक्षा प्रदान गर्दछ । जीवन बिमा कुनै व्यक्ति वा नीजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ । बीमाको निश्चित अविधि सकिएपछि नीजकोे बीमालेखमा तोकिएको रकम र उक्त अविधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस प्राप्त गर्न सक्नेछन् । मानिसको जीवनमा अनेकन प्रकारका विपत्तिहरु आउँछन् । यी विपत्तिहरुसँग सामना गर्न सक्ने क्षमता जीवन बीमाले प्रदान गर्दछ ।
मानवीय जीवनमा जीवन बीमाको निकै ठुलो महत्व रहेको छ । जीवन बीमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पूजी निमार्ण, करमा छुट जस्ता महत्वपूर्ण फाईदाहरु प्रदान गर्छ । त्यसैले जीवन बिमा अनिवार्य बचत एंव आश्रितहरुको भलाईको व्यवस्था हुने उत्तम उपाय पनि हो ।
जीवन बीमाका प्रकार ः
 आजिवन बीमा
 सावधिक बीमा
 म्यादी बीमा

२. निर्जीवन बीमा

निर्जीवन बीमा निश्चित अविधिको लागि गरिने सम्झौता पत्र हो । यसमा बीमा गर्ने कम्पनि र बीमा गर्ने व्यक्तिका बीच सम्झौता हुन्छ । यस्तो सम्झौतालाई करार भनिन्छ । करार गर्दा तोकिएको निश्चित अविधिमा बीमा गरिएको सम्पत्तिको वा व्यक्तिको मृत्यु वा अंगभंग भएमा बीमाकंको परिधिमा रही वास्तविक रुपमा कति हानि नोक्सानि भएको हो, त्यसको आधारमा बीमा कम्पनिले सम्बन्धित पक्षलाई क्षतिपूर्तिका रुपमा भुक्तानी गर्छ । निर्जिवन बीमा सम्पत्तिको हानी नोक्सानी र दायित्वको जोखिमबाट मुक्त हुनका लागि गरिने करार हो । निर्जिवन शब्दले सम्पत्ति र दायित्व सम्बन्धि विषयलाई बोध गराएता पनि यसले मानव जीवनको केही अंशलाई भने समेटेकै हुन्छ नै । जीवन बाहेक चल अचल सम्पत्ति सँग सम्बन्धित बीमा यस अन्र्तगत पर्छन् ।
निर्जीवन बीमाको प्रकार:-
 अग्नि बीमा
 सामुन्द्रिक बीमा
 हवाई बीमा
 मोटर बीमा
 विविध बीमा
वर्तमान समयमा बीमाको महत्व दिनानुदिन बढ्दै गईरहेको छ । तर पनि बीमा क्षेत्रमा जति विकास हुनुपर्ने हो त्यो भने भएको पाईदैन । समय र प्रविधि सगै बीमा क्षेत्रमा हुनु पर्ने सुधार नआउनुमा धेरै कारणहरु तेर्सिन पुग्दछन् । बीमा सम्बन्धि जनचेतना नहुनु, बीमा अभिकर्ता सक्रिय नहुनु जस्ता मुलभूत कारणहरुले गर्दा आज बीमा क्षेत्र फस्टाउन सकेको छैन । बीमा क्षेत्रमा सुधार ल्याउनका लागि केहि नयाँ कदम चालेमा पक्कै पनि यो क्षेत्रमा सुधार भने आउने छ ।

जीवन बीमाको लागि बीमितको व्यक्तिगत विवरण,

आ.व. २०७९/०८०

सि.नं. .............              

(अभिकर्ताको पुरा नाम ............................... कोड नं......................................)               

बीमितको नाम थरः

बाबुको नाम थरः

Name In English :

बाबुको जन्ममितिः

बीमितको जन्ममितिः

आमाको नाम थर 

स्थायी ठेगानाः

आमाको जन्ममितिः

पत्राचारको लागि ठेगानाः

हकवालाको व्यक्तिः

ना.प्र.प.नं./जिल्लाः

ह.को बाबु/आमाको नामः

मोबाईल नं. :

बीमित र हकवाला बिचको नाताः

शैक्षिक योग्यताः

बीमित/प्रस्तावकको पेशाः

संघ–संस्थाको नामः

मासिक/वार्षिक आम्दानीः

विवाहित/अविवाहित

श्रीमान÷श्रीमतीको नामः

बीमितको उचाईः           फिट       इन्च

बीमितको तौलः              के.जी.

प्रस्तावको उचाईः           फिट       इन्च

प्रस्तावको तौलः              के.जी.

स्थायी लेखा नं.(PAN No.) :

 

बीमित/प्रस्तावकको शारीरिक स्वास्थ्य कस्तो छ ?                    स्वस्थ (  )  राम्रो (  )  बिरामी (  )

के हालसम्म कुनै औषधि सेवन गरी राख्नु भएको छ ?                छ  (  ) छैन (  )

यदि महिला बीमित/प्रस्तावक गर्भवती हुनुहुन्छ ?                      छ (  ) छैन (  )

तपाई बीमित/प्रस्तावकको सबैभन्दा अन्तिम बच्चाको नाम/जन्ममितिः

बीमित/प्रस्तावकको शारीरिक स्वास्थ्य कस्तो छ ?                   स्वस्थ (  )  राम्रो (  )  बिरामी (  )

के बीमित/प्रस्तावक अपाङ्ग वा निजको अनुहारमा कुनै खास शारीरिक विशेषता छ ?    छ (  )        छैन (  )                                    यदि छ भने ....................................

नोटः पेश गर्नु पर्ने कागजातहरु : (नागरिकता, जन्मदर्ता, पासपोर्ट, फोटो, शैक्षिक प्रमाणपत्र, आम्दानी स्रोत आदि ।)

बीमित/प्रस्तावकको पारिवारिक विवरण

पारिवारिक विवरण

उमेर (जीवित भएको)

मृत्युको कारण

मृत्यु हुँदाको उमेर

बाबुको उमेर


 

 

आमाको उमेर


 

 

दाजुको उमेर क्रमशः

 

 

 

भाईको उमेर क्रमशः

 

 

 

दिदिको उमेर क्रमशः

 

 

 

बहिनीको उमेर क्रमशः

 

 

 

श्रीमान÷श्रीमतीको उमेर

 

 

 

छोराछोरीको उमेर क्रमशः

 

 

 

जीवन बीमा योजनाको किसिम : सावधिक, आजीवन, वार्षिक फिर्ता, सिमित भुक्तानी, चौरासी पुजा, बच्चाको बीमा, धनफिर्ता

बीमा योजनाको पुरा नामः

बीमा शुल्क भुक्तानी अवधी (५ वर्ष देखि ३० वर्ष सम्म) : .................... वास्तविक भुक्तानी अवधि वर्षमाः................

बीमा शुल्क भुक्तानी तरीका : ....................................... (वार्षिक/अर्धवार्षिक/त्रैमासिक/एकल)

लिन चाहेको बीमाङ्क रकमः ................................. (१ लाख, २ लाख, ५ लाख, १० लाख, १५ लाख, २० लाख, २५ लाख वा अन्य ...)


आम्दानी अनुसार जम्मा गर्न चाहेको औषत रकम : रु. ........................  मासिक आम्दानी : रु. ...........................


..........................                                       ................................                             ................................

फारम भरेको मिति                                बीमित/प्रस्तावकको हस्ताक्षर                   साक्षी/अभिकर्ताको हस्ताक्षर


जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा तथा परामर्शको लागि : Insurance Education मा हेर्नुहोला ।

Home

Powered by Blogger
Bamdev

Nepali Calendar

बैशाख २०७८
आइत सोम मगल बुध बिहि शुक्र शनि
२९३०३११२३४
५६७८९१०११
१२१३१४१५१६१७१८
१९२०२१२२२३२४२५
२६२७२८२९३०३११
२३४५६७८

Insurance_education

Copyright © Insurance Education. Designed by OddThemes